पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् ।उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेछन् भने गृह मन्त्रालयमा दावी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय नपाउने पक्का भएको उनीनिकट एक नेताले बताए ।

अब श्रेष्ठसँग परराष्ट्र वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एक रोज्नुपर्ने विकल्प छ ।

सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको शपथ लिँदा केही मन्त्रीहरुले पनि शपथ लिने भएका छन् । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री र अर्थमन्त्री हुने भएका छन् । त्यस्तै नेताहरु दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राई मन्त्री हुने भएका छन् ।

कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिनुभएको हो । शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ ।उहाँ दैलेख क्षेत्र नं २ को (२) बाट निर्वाचित हुनुभएको हो । शाहले शपथ लिइसकेपछि अरु सदस्यलाई शपथ गराउने कार्यक्रम आज नै रहेको छ ।प्रदेशसभा सचिवालयका अनुसार आजै अपराह्न ३ बजे शपथको तयारी भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here