शसस्त्र प्रहरी बलमा कार्यरत जवान भरतराम कोलीले बैतडीको पञ्चेश्वर गाउँपालिका–४, सौलोडाकी २१ वर्षीया माया लुहारको ह’त्या गरेको स्वीकार गरेका छन् । उनलाई आज का’रागार चलान गरिएको छ ।

कोलीलाई जिल्ला अदालतले पु’र्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय कोलीमाथि गएको मंसिर १३ गते घाँटी रेटेर ह’त्या गरेको आ’रोप छ । सशस्त्र प्रहरीका जवान समेत रहेका कोलीविरु’द्ध मायाको घाँटी रेटे’र ह’त्या गरी लुहारकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई घा’इते बनाएको आ’रोप छ ।

घटनापछि फरा’र रहेका कोलीलाई प्रहरीले मंसिर १८ गते महेन्द्रनगरबाट प’क्राउ गरेको थियो । कोलीविरु’द्ध कर्तव्य ज्या’न र ज्या’न मा’र्ने उद्योगमा मु’द्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

उनले माया लुहारको ह’त्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ । अ’भियुक्त कोलीले माया लुहारसंग प्रेम रहेको र उनले अरुसंग पनि प्रेम गरेको भन्दै ह’त्या गरेको प्रहरी समक्ष बयान दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here