नेपाली फिल्ममा काम गर्ने मोडल नीति शाहको सपना कहिले पुरा हुने हो थाहा छैन । किनकी, नीतिले फिल्ममा काम गर्ने भनेर साइन पनि गरिन् । तर, फिल्म बन्ने कहिले हो थाहा छैन । उनले निर्माता सन्तोष सेनको ‘हुतुतु’ फिल्म साइन गरिन् । तर, अब यो फिल्म कहिले बन्छ थाहा छैन । यसैबिच, उनले नायक अनमोल केसीको अपोजिट रहेर फिल्म ‘एक्स ९’मा काम गर्ने गरि साइन गरिन् । निर्देशक मुकुन्द भट्टले नीतिलाई फिल्ममा साइन पनि गराए । तर, यो फिल्म बन्छ या बन्दैन अझै पक्का भएको छैन ।

यसैबिच, परिवारसँग मुम्बई पुगेकी नीतिले बलिउड स्टार नायक सुनिल सेट्टीसँग भेट गरेकी छिन् । एउटा समारोहमा सुनिलसँग तस्वीर खिचाएर नीतिले पोष्ट गरेकी हुन् । छोटो कुराकानीमा सुुनिलले आफूलाई नेपाल खुबै मनपर्ने र इन्डो नेपाली फिल्मको अफर आएको खण्डमा काम गर्ने बताएका थिए । नीतिले सुनिल नेपाली फिल्ममा काम गर्न पनि उत्साहित रहेको प्रतिक्रिया मेरो फिल्मलाई दिएकी छिन् ।

सुनिलले फिल्म ‘एक्स ९’मा काम गर्ने चर्चा पनि चलेको थियो । निर्देशक भट्टले सुनिलसँग कुरा गरेको भन्दै केही फोटोहरु सार्वजनिक पनि गरेका थिए । तर, अब फिल्ममा सुनिल रहने वा नरहने पक्का भएको छैन । जे भएपनि फिल्ममा काम गरेपनि वा नगरेपनि नीति समाचारमा भने छाइरहेकी छिन् । के नीतिले सधै यत्तिमै चित्त वुझाउने हुन् त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here