केही समय अघि सामाजिक संजालमा निकै नै भाइरल बनेका बाल प्रतिभा सचिन परियारका बुबा तेजेन्द्र परियार छोरा आईसियुमा हुदा मात्र मीडियामा आएका छन् । तेजेन्द्र परियार एक समय सामाजिक संजालमा निकै चर्चामा आएका पात्र हुन् र उनी आफ्नो अभिव्यक्ति,सचिन र उनको दुईवटा विवाहको कारण विवादमा आएका थिए।

उनले पटकपटक बोलेकै कारण विवादमा आउने भएपछि उनी पछिल्लो समय त्यति सारो सामाजिक संजालमा आउन छोडेका थिए। केहि समय पहिले उनी सचिन सँगै बस्दै आइरहेका र केही गीतमा मोडलिङ तथा अभिनय समेत गरेका थिए । तर पछिल्लो समय छोरा सचिन बिरामी भएपछि उनि सम्पर्कमा आएका छन् । उनि संग सम्बद गर्दा भारत भएको खुलाएका छन् ।

सचिनको स्वास्थ्य अवस्थालाई लिएर कलाकारहरूले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गर्दै स्वास्थ्यलाभको कामनासहित सहयोगको लागि समेत आग्रह गरेका छन् । सचिनले लोकदोहोरी गीत गायन, अभिनयदेखि टेलिसिरियलसम्ममा अभिनय गरेका थिए ।

अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियोमा अभिनय गरेका उनको भिडियोले युट्युबमा लाखौं भ्युज पाउने गरेका थिए । पछिल्लो दुई वर्षयता भने उनी गुमनामजस्तै थिए । उनलाई अहिले विभिन्नदातामार्फत उपचार खर्च जुटाउन थालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here