काठमाडौ । चर्चित बाल कलाकार सचिन परियार हाल निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए।

९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्। सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्।

भर्खरै अस्पताल पुगेका साथि हरु र बाबु को आमा लाई सोध्दा सचिन को अबस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पताल को आईसीयूमा उपचाररत सचिनको थप उपचार, खर्च अभाव का कारण रोकिन सक्ने खतरा भयकाले सचिन बाबुलाई माया गर्ने सबै जनाले बाबु को लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ ।

सचिन परियारको उपचारको लागि बेलायबाट सहयोग जुटेको छ । सामाजसेवी इशा गुरुङले परियारको ज्यान जोगाउन २० हजार सहयोग गर्ने घोषणा गरेकी छिन । सचिन परियार बाबुको लाई बचाउनु हाम्रो दायित्व हो, मानवताको नाताले रु २० हजार सानो सहयोग गरौला म पनि भन्दै सामाजिक संजाल फेशबुकमार्फत जानकारी गराएकी छिन ।फेशबुका ईसा माया गुरुङ यस्तो लेख्नुहुन्छ,‘सचिन परियार बाबु लाइ बचाउनु हाम्रो दायित्व हो , मानबताको नाताले रू २० हज़ार सानो सहयोग गरौला म पनि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here