काठमाडौँ । सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘भगवत् गीता’का लागि नायकको खोजी गरिउको छ ।
नायक धिरज मगरलाई निर्माण यूनिटले लिने तयारी गरेको भएता पनि पारिश्रमिकमा कुरा नमिल्दा धिरज ‘भगवत् गीता’का लागि नायक नबन्ने पक्का भएसँगै निर्माण यूनिटले लभ स्टोरी जनराको यो फिल्मका लागि २० देखि २५ बर्ष उमेरका नायकको खोजी सुरु गरेको छ ।
लामो समयदेखि यो फिल्मको टिमले नायकको खोजी गरेपनि भनेजस्ता चकलेटी हिरो पाएको छैन । त्यस्तै यो फिल्मका लागि बाल कलाकारको पनि खोजी गरिएको छ । ८ देखि १० बर्ष उमेरका बालकको खोजी गरिएको हो ।
२ सेड्यूलमा छायांकन गर्ने तयारी गरिएको फिल्म आउँदो बर्षको पहिलो दिन बैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।
सुहाना थापाको मुख्य भूमिका रहने यो फिल्मको छायांकन जनकपुरमा गर्ने र फागुणमा दार्चुलामा गर्ने तयारी गरिए पनि अहिले समय हेरफेर गरेर छायांकन गर्ने तयारी निर्माण यूनिटले गरेको छ ।