हैट् टेलिभिजनको महत्त्व त त्यतिबेला पो थियो त। विषय खोतल्नासाथ मख्खनका ५५ वर्षिय अम्बर स्थापित रोमाञ्चित हुन्छन्।स्थापितको शान १९८६ को विश्वकप ताका आयोजक बराबर थियो। टेलिभिजन भएको घरका मालिक जो थिए उनी। उनी सम्झिन्छन् ( ूपानासोनिक टिभी थियो। घरमा सबै साथीभाइ छिमेकीहरू जम्मा हुन्थे।

रातिको फुटबलको अर्कै मज्जा। एउटा खेल र अर्को खेल बिचको समयमा खेलको समिक्षा हुने। बेग्लै थियो नी त्यतिबेलाको माहोल। बिर्सिनै नसकिने।ूहो, त्यही नै बेला हो थुप्रैले आर्जेन्टीना र म्याराडोनाको नाम पहिलो पटक सुनेको र देखेको।अनि त्यही नै बेला हो म्याराडोनाले जादूमयी प्रदर्शन गरेको, हातले गोल हानेको, फुटबल इतिहासकै उत्कृष्ट गोल गरेको र विश्वकप उपाधि नै जितेको।

नेपाली समर्थकहरूको मनमा म्याराडोनाको प्रदर्शनको त्यो छाप यति भित्रसम्म गढ्यो की आर्जेन्टीनाको त्यो समर्थन यात्रा अहिलेसम्म जारी छ। वास्तवमै १९८६ को विश्वकप फुटबलले नेपाली समर्थकहरूमा अन्तर्राष्ट्रिय फुटबल प्रतिको चाह असाध्य नै बढाइदिएको हो।

संयोग के पनि रह्यो भने विसं २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा टेलिभिजन युग शुरु भयो। शुरुमा ब्ल्याक एन्ड ह्वाइट र त्यसपछि रंगिन टेलिभिजन हेर्ने क्रम बढ्न गयो। त्यसकै अर्को वर्ष मेक्सिकोमा विश्वकप फुटबलको आयोजना भयो।दशरथ रङ्गशालामा मात्र फुटबल हेरिरहेका नेपाली फुटबल समर्थकहरूले टेलिभिजन र विश्वकपको मज्जा एकसाथ लिने अवसर पाए।

त्यसभन्दा अगाडि विश्व फुटबलमा नेपाली समर्थकहरू त्यति भिज्न पाएका थिएनन्।विदेशी सूचनाको पहुँच पनि निकै सीमित मात्र थियो। खेलकुद बुझ्न भारतबाट आउने पत्रिकाहरू पढेर, भारतीय रेडियोबाट आउने कमेन्ट्री सुनेर, एन्टिना मिलाएर हेर्ने दुरदर्शन जस्ता मिडियामा भर पर्नुपर्ने त्यतिबेलाका खेलाडीहरू सम्झन्छन्।

राष्ट्रिय टोलीका पूर्व खेलाडी भीम थापा सम्झिन्छन् कोलकाताबाट टेलिग्राफ पत्रिका आउँथ्यो। त्यसमा फुटबलको खूब राम्रो विश्लेषणहरू आँउथ्यो। त्यो पढ्थ्यौँ। पेलेको जीवनी नै मगाएर पढेको छु मैले।ूसन् १९८२ मा आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भएपनि नेपाली राष्ट्रिय फुटबल टोलीले त्यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिताहरूमा भाग लिन शुरु गरिसकेको देखिन्छ।

त्यसैताका सन् १९७८ मा आर्जेन्टीनाले विश्वकप जित्यो। आर्जेन्टीनाबारे नेपाली खेलाडीहरू त्यो बेला देखि प्रभावित हुन थाले। सन् १९८२ तिर भारतको दूरदर्शन च्यानलमा अलि अलि अन्तर्राष्ट्रिय फुटबल हेरिन थालियो। म्याराडोनाको चर्चा चाहिँ त्यही बेला देखि सुनिन थालेको उतिबेलाका खेलाडीहरू बताउँछन्।

स्थापनापछि विश्वकप फुटबल देखाउने नेपाल टेलिभिजनको निर्णय भने विश्व फुटबलमा नेपालीहरूलाई प्रवेश गराउने ुटर्निङ प्वाइन्टु बन्न पुगेको देखिन्छ। त्यो प्रसारण निकै नै गाह्रो तरिकाले सम्भव भएको त्यतिबेलाका एनटिभीका स्टाफ प्रकाश केसी बताउँछन्।

उनी सम्झिन्छन्( ू भर्खरै स्थापना भएकोले एनटिभीसँग स्याटलाइट लिंक थिएन। त्यो नेपाल टेलिकमसँग थियो। अनि टेलिकमको बलम्बूस्थित अफिसमा गएर विश्वकप टेपमा सार्ने काम हुन्थ्यो। र सारेको टेप सिंहदरबार पठाइन्थ्यो।ू उनी थप्छन् ( ूहामीले विश्वकप प्रसारण आधा घण्टा ढिलो मात्र शुरु गर्थ्यौं।

बलम्बुमा आधार आधा घण्टामा टेप सार्ने र एकजना कर्मचारीलाई दौडाउने अनि त्यो आधा घण्टाको खेल सकिनु अगाडि नै अर्को टेप दौडाएर ल्याउथ्यौँ। मज्जाको धपेडी हुन्थ्यो।ूत्यसरी ल्याएको फुटबलको भ्वाइस ओभर गरेका थिए पूर्व राष्ट्रिय खेलाडी कोमल पाण्डे र भीम थापाले।थापा भन्छन् ( ू हामीले सबै खेलाडी कहाँ चिन्थ्यौँ ररु जर्सी नम्वर हेरेर कमेन्ट्री गरियो। त्यो अचम्मको अनुभव थियो।ू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here