फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह चरणको दोस्रो खेलमा आज (शनिबार) विश्व विजेता फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा मा फ्रान्स ले एक गोल गरेको छ ।समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजेबाट शुरु भएको हो । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहँदा डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।

डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दा कुनै डर नभएको दाबी गरेका छन् । ‘हाम्रो प्रतिद्वन्द्वी निकै अब्बल छ । उसको परिचय पछिल्लो विश्व विजेता पनि हो ।फ्रान्सेली फुटबल टिममा जति प्रतिभाशाली खेलाडी छन्, त्यो निकै लोभलाग्दो छ ।

मेरो यो टिमप्रति धेरै प्रशंसा पनि छ । तर हामी आफैं कति बलियो छौं भनेर पनि थाहा छ ।’ प्रशिक्षक कास्पर हुजलमन्डले भने ।विश्वकपको पहिलो खेलमा भने डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । फ्रान्सले पछि परेको स्थिति उल्ट्याएर अष्ट्रेलियामासथ ४–१ को सानदार जित निकाल्न सफल भएको थियो ।

फ्रान्सलाई हराउन सके डेनमार्कको अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । २०१८ को विश्वकपमा पनि यी दुई टिम लिग चरणमा भिड्दा नतिजा गोलरहित बराबरीमा सकिएको थियो । चोटका कारण महत्वपूर्ण खेलाडी गुमाएपनि फ्रान्सले आफ्नो धैर्यता गुमाएको छैन ।

टोलीसँग केलियम एमबाप्पेसँगै ओलिभर जिरुड, ओरेलिएन चुआमेनी, इडुआर्डाे कामाभिंगाजस्ता चर्चित युवा स्टार छन् । डेनमार्कविरुद्ध गोल गर्न सके जिरुड फ्रान्सको सर्वाधिक गोलकर्ता बन्नेछन् । उनले अष्ट्रेलियाविरुद्धको खेलमा दुई गोल गर्दै थिएरी हेनरीको कीर्तिमानी गोल (५१) बराबरी गरिसकेका छन् ।

यि दुई टोली १८ पटक आमाने–सामाने हुँदा दुवै टोलीले समान ८ जित, २ बराबरी र ८ हारको नजिता छ । पछिल्लो दुवै भेटमा डेनमार्कले जित निकालेको छ ।विश्वकपमा मात्रै यि दुई टोली ३ पटक भिडेका छन् । नतिजा समान एक जित, बराबरी र हारको छ ।

१९९८ मा फ्रान्सले २–१ को नतिजा निकालेको छ । सन् २००२ मा डेनमार्कले २–० को जित निकालेको थियो । २०१८ मा गोलरहित बराबरीको नतिजा निस्किएको थियो ।फ्रान्सले विश्वकपमा आफ्नो पछिल्लो पाँच खेल जितेर फाइनलमा अहिलेसम्मकै उत्कृष्ट जितको सिलसिला बराबरी गरिसकेको छ ।

उनीहरूले यसअघि १९८६ र १९९८ मा लगातार पाँच खेल जितेको थियो । फ्रान्स आफ्नो पछिल्लो आठ विश्वकप खेलमा अपराजित छ । फ्रान्सले सन् १९९८, २०१४ र २०१८ मा आफ्नो सुरुवाती दुई खेल जितेका थिए ।फ्रान्सले विश्वकपमा ६७ खेल खेल्दा ३५ जित, १३ बराबरी र १९ हारको नतिजा निकालेको छ । डेनमार्कले विश्वकपमा २१ खेल खेल्दा ९ जित, ६ बराबरी र ६ हारको नतिजा निकालेको छ ।

डेनमार्क फ्रान्सलाई यसवर्ष लगातार तेस्रोपटक हराएर ह्याट्रिक जितकाे योजनामा हुनेछ । डेनमार्कले यस वर्ष फ्रान्सलाई नेसन्स लिगमा २–१ र २–० ले पराजित गरिसकेको छ । डेनमार्कले विश्वकपको समूह चरणको दोस्रो खेलमा कहिल्यै हारेको छैन । जसमा २ जित र ३ बराबरीको नतिजा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here