काठमाडौं । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

मतगणनाको अन्तिम मत परिणामअनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।

यसअघि पनि लिङ्देनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

धनकुटा प्रदेश २ मा पराजुली निर्वाचित

नेकपा एमालेका नेता ईन्द्रमणी पराजुली दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । धनकुटा प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट पराजुलीले दोस्रो पटक जीत आफ्नो पक्षमा पारेका हुन् ।पराजुलीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन् । पराजुलीले १५७९७ मत पाउँदा श्रेष्ठले ११२३० मत मात्र प्राप्त गर्न सकिन् ।

ईन्द्रमणी पराजुली नेकपा एमालेका धनकुटा जिल्ला अध्यक्ष हुन् । उनी२०७४ सालको प्रदेश सभाको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित थिए । प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समितिको सभापतिको भूमिकामा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here