रुषा थापा-अहिले सर्वसाधारण जनताको प्रदेश सभाको मतगणनाप्रति निकै चासो बढ्दै गइरहेको छ । चुनावपछि देशको राजनिति कतातिर जान्छ र कसको सरकार आउँछ भन्नेमा चारैतिर चहलपहल चलेको छ । साथै त्यो सरकारले अहिले बजारमा रहेको महंगी, तरलता र बेरोजगारी हल गरी देशको आर्थिक अवस्थामा सुधार ल्याउन सक्ला भन्नेमा सर्वसाधारण चासो देखाइरहेका छन् ।

सरकारले गत बैशाखमा स्थानीय तहको निर्वाचन गप्यो त मसिंर ४ गते प्रदेश सभाको निर्वाचन गप्यो ।यदि सरकार चुनाव गराउनतिर नलागेको भए आज सर्वसाधारण जनताहरु राष्ट्रपति, प्रधानमन्त्री वा सरकार र वित्तिय संस्थाको विरोधमा सडकमा हुन्थे ।तर सरकारले चुनाव गराएपछि मात्र जनता चुपचाप बसेका हुन् ।

वित्तिय संस्थाको चर्को ब्याजका कारण ऋणीहरु पिडित भएका छन् र उनीहरु आन्दोलन गर्नतिर लागेका छन् । अब बन्ने सरकार रवी लामिछाने र गगन थापाजस्ता युवाले हाँक्ने अवसर पाएको खण्डमा मुलुकले आमुल परिवर्तन गर्न सक्ने धेरैको आँकलन छ ।तर राष्ट्रिय बैंक र अर्थमन्त्रालय कर्जाको ब्याजदर घटाउनतिर लागेका छैन्न ।

वित्तिय संस्थाहरुले ऋणीको दिनहुँ धितो लिलाम गरिरहेका छन् र वित्तिय संस्थाकै कारण लाखौँ मानिसहरु सडकछाप हुन पुगेका छन् । तर अब बन्ने सरकारले यो समस्या हल गर्न सक्छ त ? साथै अब बन्ने सरकारको पहिलो गाँसमा यो कुराले ढुंगा लाग्ने छ ।

वित्तिय संस्थाको विरुद्ध आन्दोलन गर्न सर्वसाधारणहरु एकजुट भइसकेका थिए तर त्यो आन्दोलन रोक्न राजनितिक दलहरुले व्यवसायीहरुलाई ब्याज घटाउँछौ वा लिलाम समयावधि थप्छौँ भनेर फर्काउने वा लोभाउने काम गरे । त्यस्तै यता वित्तिय संस्थाहरुले पनि आन्दोलन गर्दैमा हामी ब्याज घटाउदैनौँ वा धितो लिलाम गर्न छोड्दैनौँ भन्दै ऋणीलाई चूनौती दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here