काठमाडौं । मतगणनाको सुरुदेखि नै पछि परेका नेकपा एमालेका नेता गोकुल बास्कोटा झिनो मतले अगाडि आएका छन् ।

बेथानचोक गाउँपालिका, बनेपा नगरपालिका र पनौतीका दुई वडाको गणना सकिदा बास्कोटाले २७६ मतको अग्रता लिएका छन् ।

उनले १७ हजार ५२ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवार शिव हुमागाईंले १६ हजार ७७६ मत पाएका छन् ।

एमाले अध्यक्ष ओली नयाँ किर्तीमानसहित झापा-५ बाट निर्वाचित

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाउनु भएको छ । ओलीले पाउनु भएको मत अधिकारीले पाउनु भएको मत भन्दा २८ हजार ५७४ बढी हो ।

ओलीले प्राप्त गर्नुभएको मत यो निर्वाचनमा अहिलेसम्म सवैभन्दा बढी हो । २०४८ सालदेखि सोही क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संबिधानसभा निर्वाचनबाहेक सवै निर्वाचनमा बिजयी बन्दै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here