झापा –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित विजयी हुनु भएको छ।
झापा-५ बाट उहाँले ५२ हजार ३१९ हजार साथ विजयी हुनु भएको हो ।
ओलीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यललयले जनाएको छ । अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ३८८ रहेको छ ।
यो क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए । कुल खसेको मत ९८६३१ हो । जसमा बदर मत ५११७ रहेकाे छ । ६६.२० प्रतिशत मत खसेको हो ।
अध्यक्ष ओली २०४८,२०५१, २०५६, २०७०,२०७४ र अहिले २०७९ मा यसै क्षेबाट बिजयी हुनु भएको हो ।