ताप्लेजुङ – प्रतिनिधि सभाअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी हुनुभएको छ ।
भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी हुनुभएको हो । भट्टराईले २१ हजार ९ सय ४२ प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।
गिरिराजमणि पोखरेल लगातार पछाडि
महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा पूर्वमन्त्री गिरिराजमणि पोखरेल लगातार पछि परेका छन्। १४ हजार चार सय ३२ मत गणना हुँदा पोखरेलको पाँच हजार ८९ मत आएको छ।
उनीसँगै प्रतिस्पर्धामा रहेकी लक्ष्मी महत्तोले पाँच हजार सात सय ६३ मत ल्याएर अग्रता काम गरेकी छिन्। पोखरेल माओवादी केन्द्रका उम्मेदवार हुन्। महत्तो एमालेका तर्फबाट चुनावी मैदानमा छिन्।