काठमाडौं ।
उपत्यकामा घण्टीले फेरि खाता खोलेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भए । नेकपा एमालेका श्यामकुमार घिमिरे ६८०० मतमा रोकिए ।
माओवादीबाट उठेकी बाबुराम भट्टराईपुत्री मानुषीयमी भट्टराई ६०६२ मत ल्याएर तेस्रो स्थानमा आइन् ।
एकीकृत समाजवादीले पनि प्रतिनिधिसभामा खाता खोल्यो
एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत पाएका छन् ।