काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतका विजयी भएका हुन् । यो सहित डडेल्धुराबाट देउवा सातौं पटक संसद निर्वाचित भएका हुन् ।

देउवाका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वारले १३ हजार ४२ मत ल्याएका छन् । देउवाले ढकाललाई १२ हजार ४ सय ९२ मतले पछि पारेका हुन् ।

एमालेको समर्थन पाएका पीपी कँंग्रेसका कर्ण मल्ल तेस्रो स्थानमा छन् । मल्लको करुवा चुनाव चिन्हमा ७ हजार ५ सय ३५ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here