प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।

बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् ।

सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५,२२९ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११,५५५ मत प्राप्त गरेका छन् । गौतम ३ हजार ६७४ मतान्तरले विजयी भएकी हुन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११,०१४ र नेकपा (माओवादी केन्द्र ) की उम्मेदवार ओनसरी घर्तीले ९, ४ ४९ मत पाउनु पाएको निर्वाचन अधिकृत रेग्मीले बताइन् ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here