काठमाडौं, मंसिर ५
कतारमा हिजोबाट सुरु भएको फिफा विश्वकप फुटबलमा आज दोस्रो दिनको पहिलो तथा प्रतियोगिताकै दोस्रो खेलमा युरोपियन देश इंग्ल्यान्ड र एसियाली देश इरान खेलिरहेका छन् । समूह ‘बी’बाट दुई टिम बीच खालिफा इन्टरनेसनल स्टेडियममा जारी खेलको पहिलो हाफमा इंग्ल्यान्डले ३–० को प्रभावशाली अग्रता लिएको छ । इरानका प्रमुख गोलकिपर चोटिल बनेपछि उनले खेलको १९औं मिनेटमा मैदान छाडेका थिए ।
बक्सभित्र बल क्लियर गर्ने क्रममा जम्प हान्दा आफ्नै डिफेन्डरको टाउकोमा अनुहार जोतिएपछि उनको नाक फुटेको थियो । उनी रगताम्य बनेर मैदानमा ढलेका थिए । मैदानमा उनको प्रारम्भिक उपचारपछि गोलकिपर अलिर्जा बेइरानभान्डले खेल्न प्रयास गरे पनि नसकेपछि उनले आफूलाई सब्सिच्यूट गर्न भनेका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालियो । उनको नाकमा गम्भीर चोट परेको छ । उनको स्थानमा दोस्रो रोजाइका गोलकिपरलाई मैदान छिराइयो ।
बलियो टोली इंग्ल्यान्डका लागि खेलको ३५औं मिनेटमा युवा स्टार जुडे बेलिङ्घमले हेडिङमार्फत् शानदार गोल गरेर टिमलाई अग्रता दिलाए । जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्ने स्टार बेलिङ्घमका लागि यो पहिलो विश्वकप हो । र, उनले पहिलो विश्वकपको पहिलो खेलमा मात्रै ३५औं मिनेटभित्र गोल गरेर विश्वकपमा उत्कृष्ट सुरुआत गरेका छन् । उनले लुक शको हेडिङमा बक्स अघिबाट शानदार गोल गरेका थिए । उनको हेडिङमा इरानी गोलकिपरले रोक्ने मौका नै पाएनन् ।
इंग्ल्यान्डले खेलको ४३औं मिनेटमा दोस्रो गोल हान्यो । यसपटक अर्का युवा खेलाडी बुकायो शाकाले हाफ भलीमा शानदार गोल गरेर अग्रता दोहोरो बनाए । उनको गोलमा ह्यारी मागुइरेले असिस्ट गरेका थिए । शाकाले पनि पहिलो विश्वकप खेल्दै पहिलो खेलबाटै गोल गरेर सम्झनायोग्य सुरुआत गरेका छन् । दोस्रो गोल गरेको ३ मिनेटमै इंग्ल्यान्डले तेस्रो गोल हान्यो । यसपटक कप्तान ह्यारी केनको उत्कृष्ट क्रस पासमा अर्का स्टार रहिम स्टर्लिङ अपत्यारियालो टचमै बललाई जाली चुमाएपछि पहिलो हाफमा इंग्लयान्ड ३–० ले अघि भयो ।
पहिलो हाफमा १४ मिनेटको अतिरिक्त समय थपिएको थियो । इरानका गोलकिपरले चोट बोकेपछि उनको उपचार र उनलाई स्ट्रेचरमा राखेर बाहिर निकाल्ने क्रममा केही समय खेल रोकिएको सो समय थप गर्दा पहिलो हाफको इन्जुरी समय १४ मिनेटसम्म चलेको थियो । पहिलो हाफमा इंग्ल्यान्डले इरानविरुद्ध ९० प्रतिशत बल पोजिसन आफूसँग राखेको थियो । उता, इरानले पहिलो हाफमा इंग्ल्यान्डविरुद्ध एकपटक पनि सट प्रहार गर्न सकेन, अन टार्गेट सट त परकै कुरा ।sorce www.footballkhabar.com
Iran's goalkeeper after clashing heads with his own defender, he tried to play on after being tended to by the medical team ? pic.twitter.com/uFyCDMXqrD
— ESPN FC (@ESPNFC) November 21, 2022