धनकुटामा मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ।

जिल्लाको साँगुरीगढी गाउँपालिका-३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याखा लिम्बूको मृत्यु भएको हो।

उनी सीतादेवी मावि खरखोलेमा शिक्षिका समेत थिइन्।
मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएकी थिइन्।

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु हो। उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here