काठमाडौं ।
ज्योतिषमा शास्त्रमा नवग्रहको बारेमा वर्णन गरिएको छ। प्रत्येक ग्रहको आ-आफ्नै विशेष महत्त्व र विशेषता रहेको छ। ग्रह एक राशिबाट अर्को राशिमा सर्ने प्रक्रियालाई राशि परिवर्तन भनिन्छ।
कुनै पनि ग्रहको राशि परिवर्तनको शुभ-अशुभ प्रभाव १२ राशिमा प्रभाव पार्छ। भदौ ४ गतेबाट मङ्गल, बुध र देव गुरु बृहस्पतिको राशि परिवर्तन हुने क्रम सुरु भएको छ ।
जसले आगामी १४० दिन अर्थात् ६ जनवरी २०२३ सम्मका सबै राशिहरूलाई असर गर्नेछ। जान्नुहोस् कुन राशिमा मङ्गल, बुध र देव गुरु बृहस्पतिको राशि परिवर्तनले फाइदा गर्छ-
मिथुन राशि
ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका व्यक्तिका लागि तीन ग्रहको राशि परिवर्तन समग्रमा लाभदायी साबित हुन सक्छ । अब आउने १४० दिन मिथुन राशिका व्यक्तिको लागि भाग्यशाली साबित हुनेछन्। यस अवधिमा नोकरी र व्यापारमा पदोन्नतिको प्रबल सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।
तुला राशि
तुला राशिका लागि आगामी ४ महिना शुभ रहनेछ । यस अवधिमा पारिवारिक सहयोग प्राप्त हुनेछ। कार्यस्थलमा तपाईले गरेको कामको प्रशंसा हुन सक्छ। काममा बाधा अड्चनबाट मुक्ति मिल्नेछ ।
वृश्चिक राशि
वृश्चिक राशिलाई यी तिन ग्रहको राशि परिवर्तनबाट १४० दिन कुनै वरदानभन्दा कम छैनन् । यस अवधिमा मान सम्मान मिल्नेछ । हातमा जुनसुकै काममा लिए पनि सफलता मिल्नेछ । परिवारसँग राम्रो समय बिताउनुहोला।
मीन राशि
तीन ठूला ग्रहको राशि परिवर्तनको प्रभाव मीन राशिका लागि शुभ रहनेछ । ज्योतिषीहरुका अनुसार यस अवधिमा व्यवसायीहरुबाट लाभ मिल्नेछ । काम गर्ने व्यक्तिको पदोन्नतिको सम्भावना छ । प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले सफलता पाउन सक्छन्।