संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र नै कहाँ भन्ने अन्यौल भयो । पोखरा कि चितवन भन्ने दोधारका बीच प्रचण्डले चितवनबाट चुनाव लड्ने घोषणा गरे र त्यतिबेला चितवनलाई देशको राजधानी बनाउने सार्वजनिक उद्घोष गरे ।
तर, त्यसपछि राजधानीका विषयमा खासै नबोलेका प्रचण्डले २०७६ साल माघ २५ गते शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पुगेर ‘केन्द्रीय राजधानी सार्ने बिषयमासमेत छलफल भइरहेको’ भनेर बोले । कुनै बेला नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले मूलुकको राजधानी काठमाडौँबाट दाङ सार्न उपर्युक्त हुने बताएका थिए ।
‘यो राजनीतिक र आम नागरिकको चासोको विषय हो’ एकजना वातावरणविद् भन्छन्, ‘हामीलाई राजनीतिसँग चासो हुँदैन । पर्यावरणीय दृष्टिकोणले सुहाउँदो ठाउँमा राजधानी सार्नुको विकल्प छैन । जति ढिलो गरिन्छ, त्यति नै क्षति बढी हुन्छ ।’
घरजग्गा व्यवसायी, काठमाडौँका रैथाने समुदायलाई ‘कन्भिन्स’ गरेर अहिले नेतृत्वमा रहेको राजनीतिक पुस्ताले काठमाडौँबाट राजधानी सार्छ भन्नेमा भने कसैले पनि विश्वास गरेका छैनन् ।बिज पाटि