पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्प र्धा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने संसद प्रवेश गर्न चाहान्छन् ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रवीलाई चितवन–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोख्रे लले टक्कर दिएका छन् । यद्यपी रवि आँफुले चुनाव जित्नेमा पूर्ण आशावादी रहेको बताउँछन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोख्रेल आफ्नो कार्यकर्ताका साथ घरदैलोमा पुग्दै मतदाताहरूसँग परम्परागत शैलीमा मत मागिरहेका बेला रवी लामिछाने भने खेतबारीमा काम गरिरहेका स्थानीइहरुसँग गएर मत मागिरहेका छन् ।
ठूला दलका नेताहरुले गल्लीगल्लीमा हात जोड्दै मतदातासँग आफ्नो लागि मत मागिरहेका बेला रवीले भने आफूजस्ता किसानका लागि मलखाद, बिउ, आफूले उत्पादन गरेका कृषि उपजको उचित मूल्यको ग्यारेन्टी जस्ता विषयलाई कहिल्यै पनि नेताहरुले प्राथमिकता नदिएको भन्दै ति समस्या आँफुले समाधान गर्ने वचन दिँदै हिँडेका छन् । रवि लामिछाने हरेक मतदातासँग थोरै भए पनि दोहोरो कुराकानीको प्रयासमा छन् उनी ।
चितवन–२ मा धेरै ठुलो चमत्कार वा विकासका ठुला योजनाभन्दा पनि जनताका दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि पहल गर्नुपर्ने खाँचो रहेको उनले बताए ।
यही बिचमा रवि ले चितवनमा आफूलाई लगाइदिएको माला तुरुन्तै गलाबाट उतारेर तिनै मतदातालाई लगाइदिएको दृश्यहरु सामाजिक संजालमा निकै भाइरल बनिरहेका छन् ।
उनी भन्छन् ‘पहिला काम गर्न मत दिनुस्, अनि काम गरिसकेपछि आएर माला लगाउँछु तपाईहरुका दुखसुखमा म सँधै यही बसेर साथ दिन्छु । सेवा गर्छु ।