नवलपरासी । उद्योगी, व्यवसायी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विकासका लागि आफु राजनीतिमा आएको बताएका छन् ।

कांग्रेसबाट पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार समेत रहेका चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए।

उनले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरूले पनि यसपटक आफूलाई रुचाएको जिकिर गरे।

कांग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा समेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here