काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुने भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषण भएपछि प्रधानमन्त्री देउवाले आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन अन्यत्रका सबै कार्यक्रमहरु रद्द गरेका हुन् ।

यसअघि देउवा आफ्नो निर्वाचन क्षेत्रमा ४ दिनसम्म प्रचारप्रसार गरेर काठमाडौं फर्किएका थिए । तर पछिल्लो समय सागर ढकालको पक्षमा निर्वाचनको माहोल तातिदै गएपछि प्रधानमन्त्री देउवाको टिमले खतरा महसुश गरेपछि प्रधानमन्त्री देउवा आफ्नै निर्वाचन क्षेत्रमा खटिन लागेका हुन् ।

आज बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै बस्ने कार्यक्रम तय भएको बताइएको छ । प्रधानमन्त्री देउवा आगामी मंसिर १ गते साँझ मात्र काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाको निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस विपीको तर्फबाट कर्ण मल्ल र स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल प्रतिष्पर्धामा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here