लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्। उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए।

‘दुई जनाकाे सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले भने। उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।

सम्बन्ध विच्छेद गरेपछि बबिता बानियाँ ‘जेरी’ले मिडियासँग कुराकानी गर्दै पैसाको कुरामा मतभेद भएको बताएकी छन्। शंकरले न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै या-तना दिने गरेको उनको आरोप छ।

‘उहाँले मलाई भन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नु भएको रहेछ। मैले कमाएको पैसा उहाँको आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो। पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं। तँ सँग विवाह गरेर मेरो बदनाम भयो। मलाई कस्ता-कस्ता केटीले कुरेर बसेका थिए। न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै मानसिक यात-ना दिइरहनु हुन्थ्यो,’ उनले भनेकी छन्।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलामा प्रेम बसेको थियो ।

उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पार्यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here