सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे ‘मुकुन्दे’ को धर्मपत्नी इन्दिरा संग्रौलाले छोरीलाई जन्म दिएकी छिन् । मंसिर २७, २०७८ मा विवाह बन्धनमा बाँधिएको यो जोडिले पहिलो सन्तानको रूपमा हिजो (बुधबार) भक्तपुर अस्पतालमा छोरीलाई जन्म दिएको हो ।

०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्देले ४३ वर्षको उमेरमा विवाह गरेका हुन् । विभिन्न अन्तरवार्तामा उनले इन्दिराको नाम लिने गरेका थिए । झापाको कनकाई नगरपालिका-५ डाडाँगाउँ घर भएकी इन्दिरासँग गत मंसिरमा उनले विवाह गरेका थिए ।२०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here