अष्ट्रेलिया :- अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपालीको निधन भएको छ। म्याग्दीको बेनी स्थायी घर भई अध्ययनका लागि २ महिना अघिमात्रै अष्ट्रेलिया गएका नारायण सुवेदीको अक्टोबर २४ तारिखमा निधन भएको हो।

उनको शव व्यवस्थापनका लागि आर्थिक समस्या देखिएपछि म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन(मोना) आष्ट्रेलियाले परिवारको सहयोगार्थ आर्थिक संकलन अभियान सुरू गरेको छ।

नियमित पढाई, कामको तनावको चरम मानसिक तनावमा पुगेपछि म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरका २४ बर्षीय नारायण सुवेदीले आ’त्मह’त्या गरेका थिए।

आफू बस्ने अपार्टमेन्टको १२ औं तलाबाट हामफालेर आ’त्मह’त्या गरेका २४ बर्षीय सुवेदीको शव व्यवस्थापनका लागि रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अगुवाईमा आर्थिक अभियान सुरु गरेको हो।

शव व्यवस्थापन र नेपाल फिर्ताका लागि निकै आर्थिक व्यवस्थापन आवश्यक पर्ने भएपछि मोनामार्फत अभियान सञ्चालन गरिएको सचिब एवम् सहयोग समितिका सचिव दिनेश खत्रीले बताए।

उच्च शिक्षाकै लागि ठूलो आर्थिक व्यवस्थापन गरेको परिवारले शव नेपाल ल्याउन आवश्यक खर्च जुटाउन समस्या भएपछि मोनामार्फत अभियान सुरु गरिएको सचिव खत्रीको भनाई छ।

शव व्यवस्थापन र नेपाल फिर्ताका लागि १६ हजार अस्ट्रेलियन डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। एमबिए अध्ययनका लागि तीनमहिनाअघि मात्रै सिड्नी पुगेका सुवेदी चरम मानसिक तनावमा थिए।

उनले उच्च शिक्षा सरह कामका बारेमा साथीभाईसँग गुनासो समेत गर्ने गरेका थिए।सिड्नीस्थित स्टाटफिल्डमा आफन्तजनसँगै बस्दै आएका सुवेदीको

शव व्यवस्थापनका लागि म्याग्देलीसँगै नेपाली साथीभाई र आफन्तजनबाट सहयोग प्राप्त भइरहेको मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले बताए।

सहयोग समितिमा समितिको सदस्यहरुमा, मोना अस्ट्रेलियाका प्रवक्ता श्रेष्ठ, कोषाध्यक्ष सुमन बानियाँ र परिवारका प्रतिनिधीहरु रहेका छन्। मोना अस्ट्रेलियाले त्यहाँ रहेका म्याग्देलीको हितमा धेरै मानवीय तथा सामाजिक कार्य गदैं आइरहेको छ। – स्रोत : नागरिक नेटवर्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here