२२ जुलाई सन् १९७८ मा जन्मिएकी मान्यता दत्त आफ्नो ४४ औँ जन्मदिन मनाउने तयारीमा छिन् ।मान्यता दत्त बलिउडकी ती सेलिब्रिटीमध्ये एक हुन् जसले बढ्दो उमेरसँगै आफूलाई उत्कृष्ट तरिकाले मेन्टेन गरेकी छिन् ।यदि तपाईं मान्यतालाई इन्स्टाग्राम वा ट्वीटरमा फलो गर्नुहुन्छ भने उनी सामाजिक सञ्जाल कति धेरै सक्रिय छिन् भन्ने कुरा थाहा हुन्छ ।

मान्यताको इन्स्टाग्राम अकाउन्ट उनको पारिवारिक फोटो र वर्कआउटको भिडियोले भरिएको हुन्छ ।मान्यताको वर्कआउट भिडियोले के पनि प्रमाणित गर्छ भने उनी फिट रहनका लागि कति मिहिनेत गर्छिन् । परफेक्ट फिगरका लागि मान्यता दैनिक भिन्न भिन्न वर्कआउट गर्ने कुरामा विश्वस्त छिन् ।

मान्यतालाई थुप्रै पटक जिम्मा क्रस ओभर्स वर्कआउट गरिरहेको मात्रै पनि देखिन्छ जुन हात र छातीका लागि निकै राम्रो व्यायाम मानिन्छ ।मान्यता हरेक दिन भिन्न भिन्न व्यायाम गर्नमा विश्वास राख्छिन् । भिन्न खालका व्यायाम गर्दा शरीर हरेक तरिकाले सक्रिय हुनेछ भन्नेमा उनको विश्वास छ । ‘एउटै खालको व्यायाम गर्दा गर्दा तपाईंलाई वाक्क पनि लाग्दैन,’ उनी भन्छिन् ।

हेभी वर्कआउटबाहेक मान्यता राम्रो डाइटमा पनि ध्यान दिन्छिन् । अर्थात्, आफ्नो फिटनेसका लागि उनी कुनै पनि खालको लापरवाही गर्दिनन् । फिटनेस भिडियोबाहेक मान्यता धेरैजसो सञ्जय दत्त र आफ्ना बच्चाहरुका लागि पनि पोस्ट लेख्ने गर्छिन् । यसबाहेक उनलाई घुम्न पनि असाध्यै शौख छ ।

मान्यता र सञ्जयको विवाह सन् २००८ फेब्रुअरी ७ मा भएको थियो । विवाह पछि उनीहरुका जुम्ल्याहा सन्तान भए । उनीहरुको छोराको नाम शरान हो र छोरीको नाम इकरा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here