धादिङ – धादिङको सल्यानटारमा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१ बर्षिया भवानी खकुराल रहेकी छन् ।गस्तीमा जाँदा धादिङको सल्यानटारमा भीरबाट खसेर घाइते भएकी खकुराल को उपचारका क्रममा मृत्यु भएको हो । घाइते खकुरालको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

खकुराल म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाईएको थियो । उनको निधन पछि परिवार गपहरो शोकमा डुबेको छ ।

यो पनि पढ्नुहोस स् डेंगीका कारण पत्रकार चाँदनीको दुखद निधन (काठमाडौं, कात्तिक १६ – लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन भएको छ। डेंगी संक्रमणबाट थलिएकी २३ वर्षीया अधिकारीको उपचारका क्रममा निधन भएको हो ।

लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्ने उनको चितवनको मेडिकल कलेजमा आज बिहान ६ स् ३० बजे निधन भएको हो । बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो। उ

उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकालेर जनाएको छ। अध्यक्ष परमेश्वर अधिकारी र सचिव रूद्रहरि ढकालले निकालेको शोक विज्ञप्तिमा अधिकारीको निधनले लमजुङको पत्रकारिता क्षेत्रले आशालाग्दो, जुझारू पत्रकार गुमाएको उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here