काठमाडाैँ – महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया वा महिला गर्भवती हुन तयार भएको सङ्केत हो । साधरणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला औसत ४५ वर्षको उमेरमा सकिन्छ । केही मानिसमा महिनावारीसम्बन्धी केही भ्रमहरू छन् ।

– शरीर कमजोर हुने
महिनावारी हुँदा“ महिलाको शरीर कमजोर हुन्छ भन्ने मान्यता छ, तर यो भ्रम मात्र हो । महिनावारी हुँदा शरीरबाट निस्कने रगतको कमीले महिलाको शरीर कमजोर हुँदैन ।

– फोहोरी हुने
महिनावारी हुँदा महिला फोहोरी हुन्छन् भन्नु सबैभन्दा ठुलो भ्रम हो । महिनावारीका बेला स्राव हुने रगत फोहोर होइन । त्यसैले यसलाई फोहोरी भन्न मिल्दैन ।

– व्यायाम गर्नु हुँदैन
महिनावारीका बेला महिलाले नियमित शारीरिक व्यायाम गर्नु हुँदैन भन्नु भ्रम हो । तर व्यायाम गर्दा स्ट्रेचिङ (फुट्टा फराक पारेर) र गहिरो सास लिने कसरत गर्नु हुँदैन ।

– कपाल ननुहाउने
महिनावारी हुँदा“ महिलाले कपाल नुहाउनु हुँदैन भन्नु एकदमै गलत हो । महिनावारी हुँदा“ नियमित सरसफाइमा ध्यान दिनुपर्छ । यस बेला कपाल धुन मात्र होइन कपाल काट्न, स्पा लिन, कलर गर्न वा स्ट्रेट गर्न पनि सक्नुहुन्छ ।

– शारीरिक सम्बन्ध राख्न हुँदैन
महिनावारी हुँदा“ शारीरिक सम्बन्ध राख्नु महिला र उनको पार्टनरमा भर पर्ने कुरा हो । यदि दुवैले यस बेला सम्बन्ध राख्दा सहज महसुस गर्छन् भने सम्बन्ध राख्दा फरक पर्दैन ।

– गर्भवती हुने सम्भावना
महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा गर्भवती हुँदैनन् भन्नु भ्रम हो । महिनावारीले महिलाको प्रजनन प्रणालीलाई रोक्दैन । यस बेलाको सम्बन्धले गर्भवती बनाउन पनि सक्छ । तर यसको सम्भावना केही कम हुन्छ । तर गर्भवती हुँदै हुँदैनन् भन्नु चाहिँ गलत हो ।

– महिनावारीको पीडा
महिनावारी हुँदा“ महिलाहरूलाई पिडा हुने गर्दछ । यसलाई गम्भीर रूपमा लिनु पर्दैन । यो सामान्य हो । तर अन्य समयको महिनावारी भन्दा अधिक पिडा भयो भने तुरुन्तै स्त्री रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here