फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ । २१ वर्षअघिको चर्चित फिल्ममा अब उत्तम प्रधान दिलीप रायमाझी र निरुता सिंह प्रमुख भूमिकामा हुनेछन् ।

यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले बताइन् ।
अध्यक्ष शर्मा र निर्देशक तथा अभिनेता उत्तम बीच ‘दर्पणछायाँ ३’ को छायांकनका विषयमा छलफल भएको छ ।

यस अघि पनि दर्पणछायाँ’मा मुख्य भुमिकामा देखिएका दर्पणल अहिले पनि मुख्य भुमिकाका देखिनुका साथै निर्देशन पनि गर्नेछन् । दर्पणछायाँका अघिल्ला दुई शृंखलाको निर्देशन तुलसी घिमिरेले गरेका हुन् ।

यो पनि पढ्नुहोस- प्रेमीबाट धोका पाएकी नम्रताले एकाएक यस्तो बोल्ड डिसिजन गरेपछि : काठमाडौं । हालै प्रेमी दावा लामासँग ब्रकअप भएपछि नायिका नम्रता श्रेष्ठ केही दिन चुप लागेर बसिन् । विस्तारै मिडियामा आउन लागेकी यी सुन्दरी अहिले भने अग्ला हिमाल चढ्ने इच्छासहित देखा परेकी छिन् ।

नम्रता एड्भेन्चर रुचाउने स्वभावकी नायिका हुन् । हिमाल घुम्ने, हाइकिङमा निस्कनेदेखि किक बक्सिङसम्मका रमाइला गतिबिधिमा उनी बेलाबेलामा अभ्यस्त हुँदै आएकी छिन् । कीर्तिमानी आरोही निर्मल पुर्जाले खोलेको पर्वतारोहण स्टोरमा हालै देखा परेकेी यी सुन्दरी नायिकाले ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने नम्रता श्रेष्ठको इच्छा देखाएकी छिन् ।

आरोही निर्मल पुर्जाको कीर्तिमानी हिमाल आरोहणमाथि बनेको नेटफ्लिक्स डकुमेन्ट्री प्रिमियरमा पुगेकी नम्रता त्यस अघिदेखि नै उनीसँग नजिक थिइन् । तर पुर्जासँगको भेटपश्चात भने नम्रतालाई आठ हजारभन्दा अग्ला हिमाल पनि चढ्न सक्छु जस्तो लागेको उनी स्वयम बताउँछिन् ।

लोबुचे हिमाल चढ्ने मौका पाएको अनुभव सुनाएकी उनले फोर्टिन पिक्स फिल्म हेरिसकेपछि आठ हजारभन्दा अग्ला हिमाल चढ्ने आँट आएको बताएकी छिन् । हाल नम्रता नयाँ फिल्म ‘ग्रहण’को काम गर्ने तयारीमा छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here