‘हैट’ ! ४० वर्ष नपुग्दै लगनगाँठो कस्दै बुद्धि तामाङ, को हुन् उनको दुलही ?

5925

काठमाडौं – ‘हैट’ थेगोले लोकप्रिय नेपाली चलचित्र जगतका लोकप्रिय कलाकार बुद्धि तामाङ ४० वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिने भएका छन् ।ज्यालो नेटवर्कलाई प्राप्त भएको सुचनाअनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसंग भोली असोज ७ गते लगठगाँठो कस्न लागेका हुन् ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुडवालमा जन्मिएका बुद्धिले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन् । सार्वजनिक समारोह, अन्तरवार्ताहरुमा उनलाई पटकपटक विवाह कहिले गर्ने भन्ने प्रश्नले हैरान बनाउथे । विवाहको कुरा निकाल्ने बित्तिकै पन्छिने गरेका तामाङले अनुसँग तामाङ संस्कारमा विवाह गर्ने भएको छ ।

केही दिनअगाडि अनुको घरमा बुद्धिले तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए । तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनुपर्दछ । पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्दछ ।

पोङमा रहेको सगुन केटा केटीले ग्रहण गरेपछि विवाहको साइत हेरेर अनुकुलतामा केटाको घरमा लाने प्रचलन छ । सोही विधि अनुसारनै तामाङको विवाह असोज ७ गते पक्का भएको थियो ।

विशेषगरी हास्य कलाकारको भूमिकामा देखिने तामाङले सांघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर -६, घामपानी,छक्का पञ्जा, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले लगायत चलचित्रमा अभिनाय गरिसकेका छन् ।उनले रंगमञ्चको दुनियाँमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here