गालीको वर्षा भएपछि गायिका समिक्षा अधिकारीले हटाइन फेसबुक पोष्ट, आँफु दुखमा पर्दा समेत साथ नदिएको गरिन् गुनासो

2032

बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन । उक्त स्टाटसमा विभन्न खालका सकरात्मक तथा नकरातम कमेन्ट आए ।सकरात्मक भन्दा नकरात्मक कमेन्ट बढी आएपछि उनले उक्त स्टाटस हटाएकी छन् ।

उनले पछिल्लो समय घटेको घटनाक्रमलाई उल्लेख गर्दै उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् । जिल्ला अदालत नवलपुरले पीडकबाट रु दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो ।

म बिगत लामो समयदेखि एउटा दुस्खद् घटना भोगिरहेकी छु ।’ उनको यो पोस्ट यति भाइरल भयो की धेरै मिडियामा उनी उत्तिकै छायन् ् ।

त्यस्तै उनी माथि भद्धा गालीको पनि वर्षा भयो त्यसपछि उनले उक्त स्टाटस हटाएकी छन् । पछिल्लो समय उनी काममा पनि उत्तिकै व्यस्त हुन थालेकी छन् । उनको समय र कामले गति लिन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here