बेलायतमा बसेर ३ करोड पर्ने संसारकै सर्बाधिक महंगो मोटरसाइकल चढ्ने नेपाली

2114

काठमाडौ । नेपालीले नगरेको सायदै कमै क्षेत्र र सफलता होला । अधिकांश विश्वको भूगोलमा छरिएर रहेका नेपालीको श्रीबृद्धी, उन्नती, प्रगती हेर्ने हो भने दुनियाँ अचम्बित हुँदै जिब्रो टोक्छ ।नेपालका एक छोरा अन्दिप आचार्यले यस्तै सबै चकित हुने काम गरेका छन् । तपाईलाई लाग्थ्यो होला ।संसारकै धनी व्यक्तिले मात्र सौखिन, अत्याधिक सुविधा सम्पन्न ठूलो सवारी चलाउँछ होला ।

तर नेपालकै छोरा अन्दिप संसारकै सर्बाधिक ठूलो बाइक चढ्ने ब्यक्तिमा पर्दछन् । अन्दिप आचार्य नेपाली नागरिक हुन् ।तर उनी संसारकै सर्बाधिक ठूलो बाइक चढ्ने ब्यक्ति बनेका छन् । उनले हालै हार्ले डेभिडसनको भी ८ चोपर किनेका छन् ।इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले किनेको हार्लेको यस्तो बाइक इंग्ल्यान्डमै ६ वटा मात्र छन् । ती ६ मध्ये एक बाइक अन्दिप हुईकिन्छन् । उनी नटिंघममा गोर्खा किचेन नामक रेष्टुराँ सञ्चालन गरिरहेका छन् ।

अन्दिपले यो बाइक ९० हजार पाउन्डमा किनेका हुन् । नेपाली बजारमा यसो अनुमान लगाउदा यसको मूल्य ३ करोड रुपैयाँ भन्दा माथि नै पर्ला । नेपालमा भए अझै ३ सय प्रतिशत कर कर तिर्नु पर्ने हुन्छ ।अर्थात यसको मुल्य नेपालमा भए ९ करोड नेपाली रुपैया भन्दा माथी पर्न जान्छ । हामी अनुमान लगाउन सक्छौ, अन्दिप नै यति धेरै महंगो बाइक चढ्ने एक्लो नेपाली होलान् ।

हार्ले आफैमा एउटा प्रतिष्ठित र महंगो कम्पनी हो । यस्तो कम्पनीको महंगो बाइक चढ्नु आफैमा गजबको शोख हो ।हार्ले डेभिडसनको सो बाइक ५७०० सीसीको छ । यसको तौल १००० केजी छ । अन्दिपले ठट्यौली पारामा भनेका छन्, ‘म ८० केजीको ब्यक्तिले एक हजार केजीको बाइकलाई सम्हाल्नु पर्ने भएको छ ।

जसरी पनि यसको लागि व्यवस्थापन गर्नु परेको छ ।’ अन्दिप बाइकका कति शौखिन हुन् भने यस अघि पनि उनले हार्ले डेभिडसनको बाइक आफैले डिजाइन गरी अमेरिकी कम्पनीलाई बनाउन लगाएका थिए ।हार्लेको सो बाइकमा पछाडिको टायर संसारकै सर्बाधिक ठूलो अर्थात ३३० एमएम र १२७ क्युबिक पिस्टनको थियो ।सो बाइकको मूल्य ३९ हजार पाउण्ड थियो । अन्दिपले अहिले यही बाइक बेचेर फेरि नयाँ भी ८ चोपर किनेका हुन् ।

रोचक कुरा के छ भने अन्दिप आफैले डिजाइन गरेको र ३९ हजार पाउण्ड मूल्य परेको सो बाइक हाल इंग्ल्यान्डमा यति चर्चित भयो कि ४५ हजार पाउण्डमा हारालुछका साथ यो बाइक बिक्री भयो । आफ्नो डिजाइनलाई यसरी धेरैले मन पराएकोमा आफू गौरवान्वित भएको अन्दिप बताउछन् ।

विगत १७ बर्ष यता अन्दिप हार्ले डेभिडसनको लाइफ मेम्बर छन् । उनकी श्रीमती मुक्ता आचार्य पनि हार्लेको लाइफ मेम्बर छिन् ।अन्दिप यो अवस्थामा पुग्नुमा श्रीमतीको समेत महत्वपूर्ण भूमिका भएको बताउछन् । श्रीमती उनको एक असल साथी पनि हुन् । हार्ले राइडरहरु संलग्न रहेको क्लबमा ३५१ जना छन् ।

तर अन्दिप र उनकी श्रीमती मात्र एसियाली मुलका हुन् । उनीहरुको क्लबको नाम शेरउड च्याप्टर हो । यो समूहले संसारभरि टुर गर्छ । आफू हार्लेमा अमेरिका र क्यानडा मात्र जान बाँकी रहेको दाबी गर्छन् ।अन्दिपसँग अहिले हार्लेका दुई वटा बाइक र एउटा रोयल इन्फिल्ड बुलेट ५०० पनि छ । बुलेट बाइक पनि उनले कस्टमाइजेसन गरी आफ्नै स्टाइलको बनाएका छन् ।

उनले आफूसँग भएको हार्लेको फ्याट ब्वाई १६०० सीसी भने कहिल्यै नबेच्ने बताउछन् । अन्दिप बाइकका शौखिन मात्र होइनन्, समाज सेवामा पनि उत्तिकै जागरुक छन् । नेपालमा २०७२ सालमा गएको भूकम्पको समयमा आफूसँग भएको डुकाटी र हार्ले डेभिडसनको अर्को बाइक राफलमा बेचेर नेपालका भूकम्पपीडितलाई सहयोग गरेका थिए ।

त्यो समयमा आफूले गरेको ४७ लाखको सो सहयोग सम्झिदा अहिले पनि आफूलाई गौरवको अनुभूति हुने गरेको उनले बताए ।नेपालको पर्यटन प्रवद्र्धनमा पनि अन्दिपले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । विगत ४ वर्ष यता उनले बाइक टुरको लागि इंग्ल्यान्डका १०/१२ जना साथीहरुलाई नियमित रुपमा नेपाल पठाइरहेका छन् । उनी बरिष्ठ साहित्यकार चर्चित महिला अधिकारवादी तथा समाजसेवी पुष्पलता आचार्यका छोरा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here