चर्चित नायिका आँचल शर्माले खुलेर दिईन बच्चा पाउने योजनाबारे यस्तो जवाफ (भिडियो सहित)

1933

आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनले छोटो समयमा नै निकै लोभलाग्दो सफलता हासिल गरेकी छिन् । चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्रमा काम गरिसकेकी छिन् ।

सानै उमेरमा नै आँचलले धेरै चर्चा पाएकी छिन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छिन् । डाक्टर उदिप श्रेष्ठसँग प्रेम सम्बन्धमा बाँधिएपछि उनी झन् चर्चामा आइरहन्छिन् ।

कहिले उदिपको पुर्व पत्नीको कुरा बाहिरिएर त कहिले उदिपकी प्रेमीका समेत रहेकी सिपोरा गुरुङको कारणले चर्चामा आइरहिन् । चर्चित नायिका आँचल शर्माले बच्चाको योजनाबारे खुलेर बोलेकी छिन् ।

पहिलेको तुलनामा बिवाहपछि कम देखिन थालेकी आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात् भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।

उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here