पल शाहले दिने १० लाख क्षतिपूर्ति रकम के गर्लिन् समीक्षाले ? दिइन् यस्तो प्रतिक्रिया

1419

काठमाडाैँ- गायिका समीक्षा अधिकारीले कारागारमा रहेका नायक पल शाहले दिने क्षतिपूर्ति रकम नलिने बताएकी छिन् ।गायिका अधिकारीले सामाजिक सञ्जालमा फेसबुकमा आज एक पाेष्ट गर्दै साे कुरा बताएकी हुन् । उनले लेखेकी छिन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन ।.. म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु ।’

गायिकाले पलकाे केससँग जाेडेर सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गरेका कारण मानसपटलमा नकरात्मक प्रभाव परेकाे पनि बताएकी छिन् ।​ साथै विगतमा भएकाे घटना आफ्नाे र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएकाे जिकिर गरेकी छिन् ।

‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म विगत लामो समयदेखि एउटा दुःखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना हो । सामाजिक सञ्जालमा मेरोविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला,’ उनले लेखेकी छिन् ।

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बला’त्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाइएकाे छ । यस्तै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि भनेको छ ।

गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो । पीडित नाबालिगका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएकाे थियो ।

गायिका अधिकारीले आफ्नाे फेसबुकमा लेख्छिन् :
मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार!
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।

बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here