माँ कालीले चुरोट पिउँदै गरेको पोस्टर बाहिरीएलगत्तै निर्मातालाई पक्राउ गर्न माग

230

चलचित्र निर्माता लीना मणिमेकलाईले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री आमा कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा जनताको आक्रोश चर्किएको हो ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरिएको छ । यो पोस्टरमा एक हातमा माँ कालीको त्रिशूल र अर्को हातमा झण्डा देखाइएको छ, जसले विवाद बढाएको छ ।

एक प्रयोगकर्ताले लेखेका छन्, “हिन्दू धर्मको भावनालाई दिनहुँ चोट लागेको छ। यी मानिसहरूले हाम्रो धैर्यताको परीक्षा गरिरहेका छन्।“ केही प्रयोगकर्ताहरूले अन्य धर्मका भगवानलाई यसरी चुरोट पिउने देखाउन सकिन्छ ? प्रयोगकर्ताहरूले गृह मन्त्रालयदेखि पीएमओसम्म ट्याग गरेर लीनालाई पक्राउ गर्न माग गरिरहेका छन्। एकजनाले लेखेका छन्, ‘घृणा फैलाउनेहरूलाई पक्राउ गर्नुपर्छ।

यो पनि हेर्नुस -बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा नयाँ फिल्म ‘शमशेरा’लाई लिएर चर्चामा छन् । यो परियिड ड्रामा फिल्मको प्रमोसनमा रणवीरले कुनै कसर बाँकी राखेका छैनन् । रणवीर बाल्यकालदेखि नै ‘हिरो’सँगै ‘भिलेन’को चरित्रमा पनि अभिनय गर्न चाहन्थे । ‘म यस्तो छवि बनाउन चाहन्छु कि आमाले बच्चालाई भनुन् कि तिमी सुत । नत्र रणवीर आउनेछन्’, उनी भन्छन् ।

उनले फिल्म ‘शमशेरा’को भिडियो सार्वजनिक गर्दै यो कुरा बताएका हुन् । भिडियोमा उनले क्लासिक भिलेनलाई सम्झिएका छन् । ‘राम्रो र नराम्रोको लडाईंमा जहिल्यै जित राम्रोकै हुन्छ । तर, जो हारेर पनि मान्छेको मन जित्छ, उसलाई बाजिगर नभई भिलेन भनिन्छ । हिरो र भिलेनमा हामी हिरोको पक्ष लिन्छौं । तर, हिरोलाई आफ्नो हिरोगिरी देखाउन भिलेन छैन भने त्यस्तो हिरो कस्तो होला रु हामी हिन्दी फिल्मका क्लासिक हिरोको जति सम्झना गर्छौँ केही फिल्ममा त भिलेनले हिरोलाई पछाडि छोडेका छन्’, रणवीर भन्छन् ।

उनले ‘शोले’को गब्बर सिंह, ‘मिस्टर इण्डिया’को मोगेम्बो, ‘अग्निपथ’को काँचाचीनालाई सम्झिएका छन् । बाल्यकालदेखि नै यी भिलेन आफूलाई प्रिय लाग्ने गरेको उनले उल्लेख गरेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here