कीर्तिमानी फुटबलर हरि खड्का दोषी ठहर, तोकियो जरिवाना

1134

काठमाडौं ।

विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । नेपाली प्रहरीमा जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको ठहर गर्दै विशेष अदालतका न्यायाधीश अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले आज बिहीबार खड्कालाई दोषी ठहर गरेको प्रवक्ता तथा उपरजिस्टार दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

खड्कालाई पाँच हजार रुपैयाँ जरिवाना हुने र खाइपाइ आएको सरकारी सेवा सुविधा पनि रोकिने प्रवक्ता योगीले जानकारी दिए । खड्काको मुद्दामा कैद सजायको व्यवस्था भने नरहेको उनले बताए । हरि खड्काले प्रहरी सहायक निरीक्षकको जागिर खाँदा पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

हरि नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले आफ्नो करियरमा सर्वाधिक १३ गोल गरेका थिए । खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक समेत हुन् ।

भिडिओ हेर्न तलको लिंक थिच्नुहोस . . . .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here