काठमाडौं । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले चितवनको टाँडीमा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ ।
टाँडी शाखाको समुद्घाटन रत्ननगर नगर पालिकाका मेयर नारायण वन र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा नेपाल प्रहरीका नायव प्रहरी उपरिक्षक बासुदेव खतिवडा, रत्ननगर नगर पालिकाका वडा नं २ का अध्यक्ष तिलक राज पौडेल, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष भिम नारायण श्रेष्ठ तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
हालै भएको CAMELS Rating मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।