विगत २५ वर्ष कलाकारिता क्षेत्रमा योगदान पुर्याइएका नृत्य निर्देशक श्यामकुमार मोक्तान तामाङ सम्मानित भएको छ ।शनिबार साहित्य सदन, बौद्ध काठमाडौंमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदद्धारा आयोजित सम्मान तथा बुद्ध धर्म सम्बन्धी गोष्ठीमा मोक्तान सम्मानित भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्रीपरिषद्का पूर्वअध्यक्ष एवं प्रधान न्यायाधीश सम्माननीय खिलराज रेग्मीले सम्मान पत्र प्रदान गरिएको हो ।
दोलखा शैलुङ गाउँपालिका वडा नं. १, दुधपोखरीमा जन्मेका मोक्तान काठमाडौं प्रवेशसँगै कलाकारितामा लागेर प्रतिभाका खानी जम्मा गरेका छन् । झण्डै तीन दशक कलाकारिता क्षैत्रमा बिताउंँदैछ उनले । अहिले पनि मोक्तान यही पेशाबाट जीविकोपार्जन गर्छन् ।
मोक्तानले विभिन्न स्टेज शोमा आफ्नो कला प्रस्तुत गरी दर्शकलाई पेट मिचिमिचि हँसाउन माहिर छन् । त्यतिमात्रै नभएर नृत्य निर्देशक, प्रशिक्षक र प्राविधिक पनि हुन् ।