विगत लामो समय देखी सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आएको मोडल सङ्स नेपाल प्रा.लि.ले “मिस स्कुबा नेपाल २०१८” को आयोजना गर्ने भएको छ ।
नेपालको कला संस्कृतिको जगेर्ना एवम् अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागितालाई सुनिश्चित गरिने यस प्रा.लि.का प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले बताएका छन् । सहभागिता जनाउने प्रतियोगीहरू मध्ये उत्कृष्टलाई मलेशियामा आयोजना हुन गइरहेको “मिस स्कुबा इन्टरनेशनल२०१८”मा सहभागिता जनाउन अवसर प्रदान गरिने भएको छ । यस प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली नागरिक भएका,१७ देखि २८ वर्ष सम्मका, ५’२” इन्चभन्दा माथि उचाइ भएका, सामान्य अंग्रेजी भाषामा कुराकानी गर्न सक्षम अविवाहित महिलाले यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने कुरा आयोजक टिमले बताएको छन् । यस प्रतियोगिताको विजेताले मलेशियामा हुने “मिस स्कुबा इन्टरनेशनल २०१८मा स्वत सहभागिता जनाउन सक्नेछन भने यसका अलवा नगद पुरस्कार सहित चलचित्र, म्युजिक भिडियो, मिडियामा अन्तरबार्ता आदिमा सहभागिता गराइने छ । यस प्रतियोगिताको अडिसन जेठ १९ गते रेड डायमण्ड रेष्टुरेन्ट नयाँ वानेश्वरमा हुने भएको छ ।
आफूमा कला भएर पनि उचित कदर नभएकाले निराश भएर बसेका सौन्दर्य र क्षमता भएर पनि सधैं पछि परेका र उचित मूल्याङ्कन नहुदा आफूलाई एक्सपोज गर्न सक्षम नभएका, उनीहरूको क्षमतालाई अभिवृद्धि गर्दै समाजमा सकरात्मक संदेश फैलाउदै नेपाली कला नगरिमा सक्षम र क्षमतावान जनशक्ति उत्पादन गरी समायोजन गर्न यो प्रतियोगिता सहयोगी सिद्द हुने कुरा यस प्रतियोगिताका आयोजक सदस्य दिवस भट्टराइले बताएका छन् ।
यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुक प्रतियोगीहरूले ओमनिया A-९७ भुइँ तल्ला वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर फोन न ०१-४११७१४२, ओमनिया G-२४ भुइ तला सिटी सेन्टर कमलपोखरी फोन न ०१-४०११५२३, योङ फरेभर पसल न २०२ पिपुल्स प्लाजा न्युरोड फोन न ०१-४१५७५९५ र रेड डायमण्ड रेष्टुरेन्ट नयाँ वानेश्वर काठमाण्डौ फोन न ९८५१२२७७६५ मयुरी हाउस न्यू प्लाजा सडक फोन न. ९८४७५९३००९मा सम्पर्क गरी वा सोझै माथि उल्लेखित स्थानमा गई फारम भर्न सकिने कुरा कम्पनीका प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले जानकारी गराएका छन् ।
प्रशनेपालका ख्याति प्राप्त ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, सेल्फ मेकअप क्लास, सहित विभिन्न सामाजिक गतिविधीमा समेत सहभागि गराइने जनाइएको छ ।