रुसमा हुने फिफा विश्वकप शुरू हुने दिन नजिकिँदै छ। जुन १४ देखि अर्थात् जेठ ३१ गतेदेखि फुटबलको महामेला थालनी हुनेछ। ३२ राष्ट्रबाट कयौं चर्चित खेलाडीले विश्वकपमा आफ्नो कला देखाउनेछन्। जसमा तीन सुपरस्टार लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियर रहेका छन्। सबैको ध्यान केन्द्रित यी तीन खेलाडीमाथि हुनेमा कुनै शंका छैन।

तर, नेयमार भने खुट्टाको औंलाको शल्यक्रियापछि आराममा छन्। त्यसो त उनलाई ब्राजिलले विश्वकप टोलीमा समावेश पनि गरेको छ। यसैले ब्राजिलले उनले विश्वकप शुरू हुन्जेलसम्म स्वस्थ भएर खेल्न सक्ने आशा गरिरहेको छ। विश्वकप खेल्न पाएमा करियरमा सबैभन्दा ठूलो उपलब्धि भएको खेलाडीले मान्ने गर्छन्। विश्वकपको मजा नै अलग हुन्छ। यसैले पनि खेलाडीहरू विश्वकप खेल्न लालायित हुन्छन्। तर, सबै भाग्यमानी हँुदैनन्। केही चर्चित खेलाडीले विश्वकपमा आफ्नो जादुमय खेल देखाउन पाउने छैनन्। यहाँसम्म कि गत विश्वकपमा नायक बनेका मारियो गोट्जेले समेत रुसमा हुने विश्वकपमा खेल्न नपाउने भएका छन्। यस्तै केही खेलाडी यसपटकको विश्वकपमा नदेखिने निश्चित भएका छन्। ती यस प्रकारका छन्।

सन् २०१४ विश्वकपका नायक गोट्जे
चार वर्ष अगाडि ब्राजिलमा भएको विश्वकपका नायक बनेका मारियो गोट्जेलाई यसपटक रुसमा हुने विश्वकपमा देख्न पाइने छैन। सन् २०१४ मा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० गोलले हराएर जर्मनी चौथोपटक विश्व च्याम्पियन बन्न शौभाग्य प्राप्त गरेको थियो। जर्मनीलाई जित दिलाउन बोरुयिा डर्टमन्डका स्ट्राइकर गोट्जेको गोलको प्रमुख भूमिका रहेको थियो। अतिरिक्त समयमा कठिन कोणबाट गोल गरेर उनी नायक बने। तर, हालै जर्मनीको विश्वकप खेल्ने टोलीको घोषणा गर्दा उनको नाम सूचित भएन।

जर्मनीका मेनेजर जोएचिम लोउले गोट्जेको खराब फर्मका कारण टोलीमा नराखेको बताएका छन्। ‘हामीले देख्यौं यो उनको सिजन राम्रो भएको थिएन। उनको क्वालिटी पनि देखिएन। विश्वकपका लागि उनको फर्म ठीक छैन।’ –उनले बताए।

एलेक्सिस सान्चेज
जुनमा शुरू हुने विश्वकपमा एलेक्सिस सान्चेजलाई पनि उनका समर्थकले हेर्न पाउने छैनन्। सान्चेजको विश्वकपमा खेल्ने चाहना त्यतिबेला तुहिन थालेको थियो जतिबेला ब्राजिलले चिलीलाई ३–० गोलअन्तरले हरायो। अर्को खेलमा पेरुले कोलम्बियाविरुद्ध अन्तिम मिनेटमा बराबरी गरेपछि चिलीको प्लेअफमा खेल्ने आश समाप्त भएको थियो। चिली बाहिरिएपछि सान्चेजले पनि विश्वकप खेल्न नपाउने भएका हुन्। उनले घरैमा बसेर विश्वकप हेर्नुपर्ने भएको छ भने दर्शकले उनको सानदार खेल हेर्ने अवसर गुमाउने भएका छन्। समाचारपत्रमा खबर छ ।

गेरेथ बेल
गेरेथ बेल वेल्सका सानदार खेलाडी हुन्। रियल मेड्रिडबाट खेल्ने बेलको पनि विश्वकप सपना त्यतिकै समाप्त भयो। जब वेल्सले विश्वकपका लागि ढकढक्याएको ढोका नखोलेपछि बेल पनि रुसमा खेल्नेबाट वञ्चित भए। युरो–२०१६ मा सानदार प्रदर्शनकै कारण वेल्सको विश्वकपमा पुग्ने आशा बलियो बनाएको थियो। तर, विश्वकपको प्लेअफमा वेल्सलाई रिपब्लिक आयरल्यान्डले स्तब्ध पारेपछि बेलका लागि विश्वकप सम्भव हुन सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here