इण्डियन प्रिमियर लिग(आइपीएल)मा शुक्रबार साँझ नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्सले शुक्रबार चेन्नई सुपरकिंग्सको सामना गर्दैछ । भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईसँगको खेलमा सन्दीपले खेल्ने सम्भावनाका बारेमा चर्चा सुरु भएको छ । दिल्लीको घरेलु मैदान फिरोजशाह कोट्ला मैदानमा हुने खेल दिल्लीका लागि प्रतिष्ठाको खेलमात्रै हुनेछ। किनकी दिल्लीले यसअघि नै प्लेअफबाट पुग्ने सम्भावना गुमाइसकेको छ। यस खेलको हार(जितले चेन्नईलाई पनि खासै फरक पर्दैछ।किनकी चेन्नइले प्लेअफमा यसअघि नै स्थान बनाइसकेको छ। तर, जितले चेन्नईलाई प्लेअफको बलियो टोलीका रुपमा भने सिद्ध गर्न सहयोग पुर्याउनेछ।
यसअघि खेलेका १२ खेलमध्ये दिल्लीले ३ खेलमा मात्रै जित हात पार्न सकेको छ। चेन्नइले भने त्यतिनै खेलमा ८ खेल जितेको छ। चेन्नई १६ अंकका साथ अंकतालिकामा दोस्रो तथा ६ अंकमात्रै रहेको दिल्ली पुछारमा छ। यस खेलमा जितले पनि दिल्लीलाई कहि नपुर्याउने भएकाले उसका लागि यो प्रदर्शनी खेलका रुपमा रहनेछ।
दिल्लीका खेलाडीहरु आफ्नो क्षमताको प्रदर्शन गर्न चेन्नइविरुद्ध उत्रनेछन्।
यद्दपी पुराने हिसाब बराबर गर्ने उदेश्यका साथ भने दिल्लीका खेलाडीहरु मैदान उत्रनेछन्। यस सिजनमा दिल्लीले सुरुमा मुम्बई अनि कोलकत्ता र त्यसपछि राजस्थान रोयल्सलाई मात्रै पराजित गर्न सकेको छ। चेन्नइसँग दिल्लीले यसअघि यस सिजनमा खेलेको एउटा खेलमा पनि दिल्लीले हार चाख्नु परेको थियो।
आइपीएलमा यी दुई टोलीबीचको भिडन्तमा पनि चेन्नइ धेरै अघि रहेको छ। यी दुई टोलीबीच भएका १७ खेलमा ५ वटामात्रै दिल्लीले जित्न सकेको छ भने १२ वटा खेलमा चेन्नाइले बाजी मारेको छ।
तर, यससिजनमा दिल्लीका युवा खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै आएका छन्। विकेटकिपर ब्याट्सम्यान ऋशब पन्त, कप्तान श्रेयस ऐय्यर, ओपनर पृथ्वी शाँ, आवेश खान, अभिषेक शर्मा तथा एक खेलमात्रै खेल्न पाएपनि नेपाली खेलाडी सन्दीप लामिछानेले प्रभावशाली प्रदर्शन गरेका छन्।
यता, धोनीको टोली चेन्नई भने यस सिजनको उपाधि उचाल्ने दाउमा छ। अंक तालिकामा दोस्रो भएपनि यसअघिको खेलमा चेन्नईले शीर्ष स्थानको सनराइजर्स हैदरावादमाथि ८ विकेटको प्रभावशाली जित निकालेको थियो। जसमा अब्बती राइडुले शतक, शेन वाट्सनले अर्धशतक तथा धोनी स्वयमले १४ बलमा २० रनको पारी खेल्दै टोलीलाई जित दिलाएका थिए।
सन्दीपको सम्भावना
११ खेलमा बेञ्चमा राखेको दिल्लीले १२औं खेलमा सन्दीपले भारतीय कप्तान विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध मैदान उतारेको थियो। डेब्यूमै सन्दीपले प्रभावशाली बलिङ गरे। दिल्लीका लागि पारीको सुरुवात गर्न आएका सन्दीपले ४ ओभरको स्पेलमा २५ रनमात्रै खर्चेर १ विकेट लिएका थिए। दिल्लीको टोलीमा उनी सवैभन्दा किफायती बलर बनेका थिए।
सम्बन्धित समाचारस् यस्तो रह्यो सन्दीपका आइपीएल डेब्यूका चार ओभर उनले विराट र एबीडिभिलियर्स्विरुद्ध पनि उत्कृष्ट बलिङ गरेका थिए। विराटले सन्दीपका ८ बल खेल्दा ९ रनमात्रै बनाउन सकेका थिए भने डिभिलियर्सले पनि ८ बलमा ८ रनमात्रै जोड्न सकेका थिए। त्यसखेल लगत्तै सन्दीप वेष्ट इण्डिजविरुद्ध लर्डसमा हुने च्यारिटी खेलकाको विश्व(११ टोलीमा पनि पर्न सफल भएका थिए। हिजोमात्रै सन्दीपले नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जितेका छन्।