gjul7t g]kfn sDo'lgi6 kf6L{sf cWoIfåo s]kL zdf{ cf]nL / k'iksdn bfxfn …k|r08Ú nufot g]tfx? w"d|af/fxLdf /x]sf] kf6L{ sfof{nosf] cjnf]sg kl5 ;fd"lxs t:jL/df . t:jL/ M gjLg kf}8]n, /f;;
दुई फरक पार्टीका अध्यक्ष एउटै पार्टीको अध्यक्ष भएपछि संयुक्तरुपमा दुई पार्टी कार्यालयको निरीक्षण, नेपाली बाम आन्दोलनलाई नयाँ दिशा दिनुपर्ने कठिन जिम्मेवारीको थालनी

 

काठमाडौं । बुधवारसम्म केपी शर्मा ओली र पुष्पकमल दाहाल फरक–फरक दलका अध्यक्ष थिए । बिहीवार एमाले र माओवादी केन्द्रको एकता भएपछि दुबै नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष भए । र, योसँगै सुरु भयो केही महिना अगाडिसम्म असंभव ठानिएको उनीहरुको सहयात्रा । तत्कालीन एमाले र माओवादी केन्द्रको कार्यालय निरीक्षण गरेर अध्यक्षद्वयले नेपाली वाम आन्दोलनलाई नयाँ दिशा दिनुपर्ने कठिन जिम्मेवारी थालेका छन् ।

तत्कालिन एमालेका नेताले बिहीवारसम्म आफ्नो कार्यालय रहेको धुम्वाराहीस्थित भवनमा नवगठित नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्वय ओली र दाहाललाई स्वागत गर्दा तत्कालिन माओवादी नेता÷कार्यकर्ताको पनि बाक्लै उपस्थिति थियो । ओलीले आउजाउ गरिरहेको यो कार्यालय दाहालका लागि भने नयाँ थियो । २०७२ सालको भूकम्पपछि एमालेको केन्द्रीय कार्यालय रहेको यो भवनमा दाहाल पहिलो एकै पार्टीका अध्यक्षका रुपमा पटक भित्रिएका हुन् ।

दाहाल पुग्नुअघि नै नेकपा एमाले केन्द्रीय कार्यालय लेखिएको बोर्ड परिवर्तन गरिएको थियो । तत्कालीन एमालेको कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दाहाल र ओलीलाई कार्यालयका कोठा देखाए । प्रधानमन्त्री ओलीले दाहाललाई आफ्नो कार्यकक्ष पु¥याएपछि एउटै टेबुलमा कुसी थपेर दाहालका लागि असनको व्यवस्था गरियो । र, ओली र दाहालले एउटै टेबलबाट पार्टी अध्यक्षता ग्रहण गरे ।

पार्टी एकता टुंगिए पनि केन्द्रीय कार्यालय तत्कालिन माओवादीको प्रयोग गर्ने कि एमालेको भन्ने टुंगिएको छैन । त्यसैले निर्णय गर्नु अघि दुवै अध्यक्षले कार्यालय भ्रमण गरेका हुन् । दुवै अध्यक्षले पार्टी कार्यालयको भौतिक अवस्था बुझेपछि निर्णय लिने छन् ।

धुम्वाराहीपछि दुवै अध्यक्ष तत्कालिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडा पुगे । ओलीका दाहाललाई धुम्वाराही नौलो लागेझैं ओलीको लागि पनि यो भवन नयाँ थियो । तर, दाहाललाई धुम्वाराहीमा जस्तै ओलीलाई कोटेश्वरमा तत्कालिन माओवादी केन्द्रका नेता÷कार्यकर्ताले पार्टी अध्यक्षका रुपमा न्यायो स्वागत गरे ।

अध्यक्षद्वयसहित तत्कालिन एमालेका नेताले सहिद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेर दुई दल एक भएको व्यवहारिक सन्देश दिए ।

दुई अध्यक्ष पुग्नु अगाडि नै माओवादी केन्द्रको साइन कोर्ड निकालेर नेकपाको राखिएको थियो । तर, सबै ठाउँका बोर्ड हटाउन भ्याइएको थिएन । कोठाहरु निरीक्षण गरेर भौतिक अवस्थाको जानकारी लिएका अध्यक्षद्वयले नेता÷कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे । एकतालाई दरिलो बनाउन विगत बिर्सनु पर्ने दुबै अध्यक्षको धारणा थियो ।

धुम्वाराहीमा नेकपाको केन्द्रीय कार्यालय र कोटेश्वरमान नेकपाको जनसम्पर्कसहित जनवर्गीय संगठनका कार्यालय रहने संभावना बढी छ । बिहीवार पार्टी एकता गरेर नयाँ तरंग ल्याएका दुई अध्यक्षले एकताको व्यवहारिक सन्देश दिन विघटित पार्टीका कार्यालय पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here