खेलकुद पत्रकार मञ्चको स्पोट्र्स अवार्डमा यसपटक क्रिकेटको वर्चश्व, चार महत्वपूर्ण विधाको पुरस्कार क्रिकेटकर्मीहरुको कब्जामा, पिपुल्स च्वाइसको अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठलाई
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष गर्दै आएको स्पोर्टस अवार्डमा यस पटक क्रिकेटले वर्चश्व जमाएको छ । महत्वपूर्ण चार अवार्डमा क्रिकेटकर्मीहरु हावी भएका छन् ।
आर्मी अफिसर्स क्लवमा आयोजित कार्यक्रममा क्रिकेटका चार खेलाडीले अवार्ड जितेका छन् । जसमा बर्षको उत्कृष्ट प्रशिक्षक जगत टमाटा घोषित भए ।
उता युवा खेलाडी सन्दीप लामिछाने र करण केसी स्पेशल अवार्ड जित्न सफल भएका थिए । साथै उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका कप्तान पारस खड्काले हात पार्दा बर्षको उत्कृष्ट महिला खेलाडी ब्याटमिन्टनकी शोभा गौचन घोषित भइन् ।
त्यसैगरि पारा एथ्लिट तर्फ हृविलचियरमा बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्सालले हात पारेका थिए । यस्तै पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका नेपाल नम्बर १ स्यान्टु श्रेष्ठले जित्न सफल भएका थिए ।