पोर्चुगल । गत आईतबार दुर्घटनाबाट दिवंगत भएका आदिबासी जनजाती महासंघ पोर्चुगलका अध्यक्ष तथा समाजसेवी नरभुपाल राईलाई श्रदान्जली अर्पण गरिएको छ । आदिवासी जनजाती महासंघको आयोजनामा लिस्वन स्थीत एभरेस्ट रेस्टुरेन्टको हलमा अध्यक्ष तथा समाजसेवी राईलाई श्रदान्जली अर्पण गरिएको हो ।
लामो समय देखि पोर्चुगलमा रेस्टुरेन्ट व्यावसाय गर्दै आएका स्व. नरभुपाल राई पोर्चुगलको नेपाली समुदायमा एक असल र सामाजि व्यक्ति थिए । उनको एक सन्तान र श्रीमती रहेका छन् । उनी आफ्नै घर सफा गर्ने क्रममा लडेर घाईते भएका थिए भने सोही घाईते अवस्थामा उनलाई अस्पताल पु¥याईएको थियो ।
स्व. राईको श्रद्धान्जली कार्यक्रममा पोर्चुगलका विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत धेरै नेपालीहरुले सहभागिता जनाएका थिए । उनी आदिवासी जनजाती महासंघ पोर्चुगलका अध्यक्षका साथै विभिन्न सामाजिक संघ ससंथामा आवद्ध थिए ।